त्रिभुवन डान्स स्टार र सिङ्गिङ स्टार सिजन–४ सम्पन्न, आरोशी र मनिस विजेता
दोलखा । मेलुङ गाउँपालिका–६ स्थित श्री त्रिभुवन माध्यमिक विद्यालयमा आयोजित ‘त्रिभुवन डान्स स्टार’ तथा ‘त्रिभुवन सिङ्गिङ स्टार’ सिजन–४ प्रतियोगिता सम्पन्न भएको छ। दसैँ, तिहार तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमसँगै सम्पन्न प्रतियोगितामा विद्यार्थीहरूले आफ्नो नृत्य तथा गायन प्रतिभा प्रस्तुत गरेका थिए। विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभा पहिचान, प्रस्फुटन तथा विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा…
